Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एकीकृत समाजवादीले बोलायो बैठक


नेकपा एकीकृत समाजवादीभित्र एमसीसीको विषयलाई लिएर विवाद भएपछि केन्द्रिय सचिवालयले बैठक बोलाएको छ ।
सोमबार दिउँसो १ बजेका लागि सचिवालयले बैठक बोलाएको एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले संसद बैठकमा समेत एमसीसीको चर्को विरोध पनि गरेका थिए ।
पार्टीभित्र एमसीसीको विषयमा प्रष्ट धारणा नआएपछि फेरी बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार