मध्य बानेश्वरबाट प्रहरीले चिनियाँ नागरीकसहित ३७ जना पक्राउ परेका छन् ।
सोमबार राति उनीहरुलाई काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई अनलाइन जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत नयाँ बानेश्वरमा राखीएको छ ।








