Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको तथ्याङ्क संकलन गर्नुपर्छ : मन्त्री रेग्मी


महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छिन् ।
मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्र्तक्रिया कार्यक्रममा उहाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन् ।
उनले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाएकी छिन् । मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले संगठीत भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तीमा सहज हुने बताएकी हुन् ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार