Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देशको स्वाभिमान उठाउन हामी राजनीतिमा लागेका हौ : माधव नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु देशको स्वाभिमान उठान राजनितिमा लागेको बताएका छन् । सिन्धुपाल्चोक र नुवाकोटबाट पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असल उदेश्य र मनसायका साथ राजनीतिमा लागको भन्दै समानता , न्याय र समाजवादको यात्रामा बाधा अवरोधहरुलाई पन्छाउँदै अगाडि बढेको बताए ।
एमसीसीको प्रसंगमा अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा एमसीसीका विवादित प्रावधान संसोधन बिना पास हुन नसक्ने भन्दै सरकार भन्दा देश र सार्वभौमसत्ता महत्वपूर्ण भएको बताए । उनले वर्तमान अवस्थाम यथास्थितिमा आफूहरु एमसीसीको पक्षमा नरहेको भन्दै उक्त विवादित विषयमा संसदमा छलफल हुने बताए ।
आगामी चुनावमा गठबन्धन कायमै रहने भन्दै अध्यक्ष नेपालले आफ्नो अस्तित्वको चिन्ता गर्न छोडेर अरुको बारेमा विष वमन नगर्न एमालेलाई सुझाएका थिए ।
सुव्वा तामाङको सक्रियतामा सिन्धुपाल्चोक र नुवाकोटवाट विजय लामा, पेम्वा लामा, आइतसिं तामाङ, सुनिल बुढाथोकीसहित दर्जन बढी कार्यकर्ताहरु नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, डा. गंगालाल तुलाधरसहित केन्द्रीय सदस्य र अन्य नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार