नेपाली कांग्रेसले भोली बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सुचना जारी गर्दै सबै सांसदलाई प्रतिनिधिसभामा उपस्थित हुन निर्देशन दिएकी हुन् ।
आइतबार बसेको प्रतिनिधिसभामा एमसीसी टेबुल भएको थियो । एमसीसी टेबुल भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार दिउँसोसम्मका लागि बैठक स्थगित गरेका थिए ।








