Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी विरुद्ध व्यापक प्रदर्शन, वानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता


एमसीसी विरुद्ध नयाँ वानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन भएको छ । संसद घेराउ गर्ने भन्दै प्रदर्शनकारीहरु बिहानैबाट प्रदर्शनमा उत्रिएका हुन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल समेत प्रदर्शनमा उत्रिएका छन् । यसअघि भएका प्रदर्शन हिँसात्मक मोडतर्फ उन्मुख भएको ठहर गर्दै त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
सुरक्षाकर्मीहरुको उपस्थिती अघिल्ला दिनहरुको तुलनामा निकै बढाइएको छ भने सुरक्षाकर्मीले पैदलयात्रीलाई समेत बबरमहल र मिनभवनदेखि नै रोकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार