संसद बैठक भोलि सम्मका लागि स्थगित गराएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा बसेका प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता केहिबेर अघि सकिएको छ । बैठक पुनः बेलुकी बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी गराए ।
एमसीसी सम्झौता पास गर्ने पक्षमा एमाले रहेपनि आफूले राखेका माग सम्बोधन नभएसम्म एमालेले संसद अबरोध गरिरहने अध्यक्ष ओलीले पूर्ववत अडान दोहो¥याएको बुझिएको छ । देउवाले मध्यमार्गी निकास के हुन सक्छ बेलुकी फेरि बसौं म तपाईँको घरमै आउँछु भनेपछि सबै नेताहरु उठेका थिए ।
यसअघि एमसीसी सम्झौताका विषयमा ओलीको सहयोग माग्दै देउवा पत्नी आरजु राणालाई लिएर केहिदिन अघि बालकोट पुगेका थिए ।








