पाँच दलिय गठबन्धन जोगाउन नेकपा माओवादीले अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।
शुक्रबार माओवादीको पूर्व स्थायी कमिटीको बैठकले एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।
‘यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं’, बैठकमा नेता हरिबोल गजुरेलको भनाइ छ । उनले भने, ‘जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।’








