नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले राम्रा किताबहरु आफूले जेलमा अध्ययन गरेका कारण कुनै कुनैबेला आफूलाई जेल नै आनन्द लाग्ने गरेको बताएका छन् ।
काठमाडौंमा नेकपा एकीकृत समाजवादी निकट प्राध्यापकहरुको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले पढ्नमा जत्ति आनन्द अरु कुरामा नहुने बताए । महाभारत, रामायण लगायतदेखि लिएर विश्वप्रसिद्ध अन्य पुस्तकहरु आफूले जेलमा पढेको बताउँदै उनले अध्ययनलाई विशेष ध्यान दिन पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
फरक प्रसंगमा अध्यक्ष नेपालले एमसीसीमा आइपिएस घुसाएर सहमति गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको र त्यसैबेलादेखि तत्कालिन नेकपामा असमझदारी बढेको दाबी गरे । नेपाललाई आइपिएसको हिस्सा बनाउने काममा प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको बताउँदै उनले आफूहरुको तीव्र बिरोध नभएको भए ओलीले धेरै गलत काम गरिसक्ने जिकिर गरे ।
एम्सीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने बताउँदै उनले विवादित बुँदाहरु संसोधन भए आलोचनात्मक समर्थन गर्न सकिने भने बताए ।








