काठमाडौँका विभिन्न ठाउँमा बन्दकर्ताले गाडीहरु तोडफोड गरेका छन् ।
प्रतिनिधिसभाको बैठकबाट एमसीसी अनुमोदन भएपछि विभिन्न संगठनहरुले बन्दको घोषणा गरेको छ । ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्द आव्हान गरेका हुन्।
सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको विभिन्न स्थानबाट बन्दकर्तालाई पक्राउ गरीएको छ ।
बन्दकर्ताले सुकेधारामा दुधको गाडी तोडफोड गरेका छन् । त्यस्तै चावहिल र कलङ्कीमा ३ वटा बस तोडफोड गरेका छन् ।








