Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी भ्रमको अन्त्य भयो : प्रवक्ता महत


नेपाली कांग्रेसले एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यससम्बन्धीत सवै भ्रम अन्त्य भएको जनाएको छ ।
सोमबार सानेपास्थीत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी शुद्ध विकास परियोजना भएकोले आगामी दिनमा पनि अवरोध आएमा कांग्रेस त्यस्ता भ्रम चिर्न लागिरहने बताए । उनले गठबन्धनमा रहेका सबै दलका साथै नेकपा एमालेको समेत सहयोग भएको दावी गरे । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण प्रस्तुतिकै कारण एमसीसी पारित भएको उनले बताए । सदनबाट पारित भएसंगै एमसीसी परियोजना अब चाँडै लागूतर्फ लागेको उनको भनाई छ ।
प्रवक्ता महतले एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !
विचार