Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सुर्खेतको एमाले पार्टी कार्यालयमा बन्दकर्ताले गरे आगजनी


बन्दकर्ताले सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले एमसीसी अनुमोदन गरेपछि सोमबार ८ दलले नेपाल बन्दको घोषणा गरेको थियो ।

सोमबार बिहान ६ बजेदेखि सुर्खेत सदरमुकाम विरेन्द्रनगरको सडकमा आन्दोलन गरिरहेका कार्यकर्ताले विभिन्न पार्टीका कार्यालयमा तोडफोड गरेको हो ।

सत्तामा रहेका ४ दल र प्रतिपक्षमा रहेको नेकपा एमाले मिलेर राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेको भन्दै ८ दलका कार्यकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

सुरक्षाकर्मीले भीडलाई नियन्त्रणमा लिन केहि राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार