हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्वमा भगवान् शिवको पूजा आरधना गरी आज देशभर मनाइदैँ छ ।
महाशिवरात्रिमा भक्तजनले आज शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको मनपर्ने वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस वर्ष पशुपतिमा दश लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने व्यवस्थापन गरेको पशुपति विकास कोषले जानकारी दिएको छ । मंगलबार बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुल्ला गरीएको छ । यस वर्ष मन्दिर परिसरमा देश तथा विदेशबाट फूलमाला ल्याएर सजाएको छ ।
यो वर्षको महाशिवरात्रिमा विशेष गरी मन्दिर परिसर सजावटमा ध्यान दिइएको छ ।








