सुर्खेतको विरेन्द्रनगरमा आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।
सोमबार बन्दकर्ताको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले विरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो ।
सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सोमबार बिहान ६ बजेदेखि सुर्खेत सदरमुकाम विरेन्द्रनगरको सडकमा आन्दोलन गरिरहेका कार्यकर्ताले विभिन्न पार्टीका कार्यालयमा तोडफोड गरेका थिए ।
सत्तामा रहेका ४ दल र प्रतिपक्षमा रहेको नेकपा एमाले मिलेर राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेको भन्दै ८ दलका कार्यकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
सुरक्षाकर्मीले भीडलाई नियन्त्रणमा लिन केहि राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।








