प्रधानमन्त्री शेर बहादुर देउवाले हिन्दु धर्मावलम्बीको महान् चाड महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
महाशिवरात्रि हिन्दुहरुको पर्व भएपनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मनाउने गरेको प्रधानमन्त्री देउवाले सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाको शुभकामना सन्देश मार्फत नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउनुका साथै राष्ट्रिय एकताको आधारस्तम्भको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।








