सुनसरी धरानको एक होटलमा महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।
महिला दुईदिन यता होटलमा बसेकी थिइन् । प्रहरीका अनुसार महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । महिलासँगै बसेका पुरुष फरार रहेका छन् ।
अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








