नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको राजीनामा कुरिरहेको बताएका छन् ।
तीनकुनेस्थित रोयल बैँक्वेटमा पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘ हामी सभामुखको राजीनामा पर्खिरहेका छौँ । ससम्मान बहिर्गमित हुनुहोस्, संसदले निष्काशन गर्यो भन्ने नपरोस् ।’
एमालेले आफुले कार्बाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै आइरहेको छ ।








