संसदबाट एमसीसी अनुमोदन गरिएसँगै आफूसँग रिसाएका नेता नारायणकाजी श्रेष्ठलाई फकाउन माओवादी अध्यक्ष प्रचण्ड उनको निवासमै पुगेका छन् ।
श्रेष्ठ निवास हात्तीवनमा प्रचण्ड आफ्ना केही सहयोगी सहित पुगेका हुन् । एमसीसी अनुमोदनका क्रममा अघि सारिएको १२ बुँदे व्याख्यात्मक घोषणाप्रति समेत असहमति राख्दै आएका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास भएको दिनलाई नेपालको इतिहासमा अर्को कालो दिन भनी सार्वजनिक टीप्पणी गर्ने गरेका छन् ।
श्रेष्ठ आफू सहित एमसीसीको विपक्षमा रहेका माओवादी नेताहरुलाई लिएर अलग्गै पार्टी घोषणाको तयारीमा रहेको समेत राजनीतिक वृत्तमा गाइँगुइँ हल्ला चल्न थालेको छ । तर, श्रेष्ठ निकटका नेताहरुले भने यसलाई अस्वीकार गरेका छन् ।








