Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पक्राउ परेका सांसद बानियाँलाई ५ दिनको म्याद थप


जबर्जस्ती करणीको आरोपमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए ।

बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए ।

प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार