मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ ।
बिहीबार धनुषाको कौचरी १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको परिक्रमा सुरु भएको हो ।
नेपाल र भारतका हजारौं संख्याका श्रद्धालुहरु १५ ठाउँमा विश्राम गरी १३३ किलो मिटर पैदल यात्रा गर्छन् । सोही यात्राका लागि आज धनुषाको मिथिला विहारी नगरपालिका ८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित श्रद्धालुहरु प्रस्थान गरेका हुन् ।
अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ ।
केही वर्षयता श्रद्धालुको संख्यामा कमी आएको छ । परिक्रममा सहभागी श्रद्धालुहरु परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा सहभागी हुन्छन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थलमा राति बास बस्छन् । १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ ।
धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जन विश्वास छ ।








