Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमालेलाई संसद अवरोधको अन्त्य गर्न सत्ता गठबन्धनको आग्रह


सत्तारुढ गठबन्धनले प्रतिपक्षी नेकपा एमालेलाई संसदको अवरोधको अन्त्य गर्न आग्रह गरेको छ ।
बिहिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले लामो समयदेखि नागरिकता लगायतका विधेयक रोकिएका कारण एमालेलाई संसद अवरोधको अन्त्य गर्न आग्रह गरेको हो ।
लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !
विचार