Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

पुरस्कारको रकममा १० हजार थपेर विद्यार्थीलाई पोशाक जुटाईदिँदै शिक्षासेवी कार्की


काठमाडौं, २० फागुन ।

बालकोटका शिक्षासेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीले आफुले अभिनन्दित हुँदा पाएको नगद पुरस्कारमा १० हजार नगद थपेर महेन्द्र शान्ति मावि बालकोटमा पढ्ने पुर्व प्राथमिक कक्षाका विद्यार्थीलाई स्कुल पोशाक जुटाईदिने भएका छन् ।

वरिष्ठ समाजसेवी एवम् पुर्वमन्त्री समेत रहेकी सुश्री भद्राकुमारी घलेको ९१ औं जन्मोत्सव एवम् भद्रकुमारी घले सेवा सदनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुर्व उपराष्ट्रपति परमानन्द झाले शिक्षासेवी कार्कीलाई नगद ५ हजार सहित दोसल्ला र अभिनन्दनपत्रद्वारा अभिनन्दन गरेका थिए । त्यस अवसरमा शिक्षासेवी कार्कीको साथै विभिन्न विधाका अन्य ९ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष समेत रहेका कार्कीले चालु शैक्षिक सत्र र आगामी शैक्षिक सत्रमा सो विद्यालयमा पुर्व प्राथमिक कक्षामा भर्ना हुने साना वालवालिकाको पोशाकमा एकरुपता ल्याउन उनीहरुलाई विद्यालय पोशाक जुटाईदिन लागेका हुन् ।

सो विद्यालयको पुर्व प्राथमिक कक्षामा हाल २० जना साना वालवालिका अध्ययनरत छन भने उनीहरुको विद्यालय पोशाकमा एकरुपमा नभएकोले एकैनाशको विद्यालय पोशाक जुटाईदिन आफुले पाएको पुरस्कारमा १० हजार रुपैयाँ थप गर्न लागेको शिक्षासेवी कार्कीले बताए ।

कार्की सो विद्यालयमा आफ्ना दिवंगत बुबा, आमा र दाई (स्व.कृष्ण बहादुर कार्की, स्व. हिराकुमारी कार्की र स्व.अर्जुन कार्की) को नाउँमा स्थापना गरिएको छात्रवृत्ति कोषका संस्थापक अध्यक्ष समेत हुन । सो कोषबाट हाल ३५ जना जेहेन्दार र विपन्न विद्यार्थीले छात्रवृत्ति पाईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार