Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

करेन्ट लागेर वडा सदस्यको मृत्यु


तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ ।

नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार