नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले एमसीसी कुनै हालतमा कार्यान्वयन हुन नदिने बताएका छन् ।
शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको दाबी गरे ।
महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने बताउादै यसलाई सडकबाटै खारेज गर्ने बताए । उनले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको बताए । बिप्लवले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप पनि लागए । कांग्रेसले गरेको राष्ट्रघाती कदमले जनतालाई आक्रोशित बनाएको भन्दै यसको जवाफ निर्वाचनमा पाउने उनले जिकिर गरे ।








