महामन्त्री गगन थापाले एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन अगाडि नै हुन सक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले बैंशाख ३० मा स्थानीय तह निर्वाचन हुने र त्यसपछि आम निर्वाचन हुने भन्दै एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केहि समय अघि नै हुनसक्ने बताएका हुन् ।
थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी गरे ।
कार्यक्रममा अन्य कांग्रेस नेताहरुले कांग्रेसले आफ्नै जोड बलमा चूनाव जित्ने भन्दै कसैको साहारा लिन आवश्यक नरहेको धारणा राखेका थिए ।








