Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमालेमा अध्यक्ष अमृतराज वैद्य प्रवेश


विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले एमालेमा पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको बताए ।

त्यस्तै पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताए ।

यसअघि साझा विवेकशील पार्टीका केहि युवाहरुले पार्टी छोडेको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार