Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्छ : सुवास नेम्वाङ


नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता नेम्वाङले स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताएका हुन् । उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको जिकिर गरे । नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुराउन समितिमा नाम दिएको उल्लेख गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैशाखमा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारे ।

वैशाखमा स्थानीय तहकै चुनाव हुने अवस्थामा त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ नदिने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार