Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरूले बताएका छन् ।

२० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन ।

बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार