स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले बताएका छन् ।
पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको कार्यतालिका र उदेश्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा उपसभापति खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए । केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने उनले बताए ।
अभियान अन्तर्गत नै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने कांग्रेसले जनाएको छ ।








