Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मोरङमा माओवादीबाट निर्वाचित मेयर नै एमालेमा प्रवेश


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मोरङको रंगेली पुगेर मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराएका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जनालाई नेकपा एमालेमा पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली पुगेका हुन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको थियो । उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार