Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

एकै दिनमा सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँले घट्यो


सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।

आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार