आज दिउँसोका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ ।
उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा नहुने जनाएको छ ।
परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो ।
बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।








