Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी सम्झौताको विरोधमा चैत्र ६ गते जातिय क्षेत्रिय मोर्चाहरुको प्रदर्शन हुँँदै


संसदबाट पारित एमसीसी सम्झौताको विरोधमा ६ दलीय कम्युनिष्ट गठबन्धन आबद्ध जातीय तथा क्षेत्रीय मोर्चाहरुले आउँदो चैत्र ६ गते देशका विभिन्न स्थानमा व्यापक प्रदर्शन गर्ने भएका छन् ।

जातीय तथा क्षेत्रिय मोर्चाका तर्फबाट जारी प्रेस वक्तव्यमा एमसीसी सम्झौता खारेज गरेर देशलाई जोगाउँन आदिवासी जनजाती र देशभक्त तथा राष्ट्रवादी सबैलाई आग्रह गरिएको छ । ६ गते दिनको १२ः३० बजे काठमाडौंको रत्नपार्क, धरान, बर्दिबास, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा एकैसाथ प्रदर्शन गर्ने उल्लेख गर्दै मोर्चाले अहिलेको गठबन्धन सरकारलाई जनघाती र राष्ट्रघातीको संज्ञा दिएको छ ।

अखिल नेपाल आदिवासी जनजाति महासंघ, जातिय क्षेत्रिय राष्ट्रिय मुक्ति मोर्चा नेपाल, अखिल नेपाल जनजाति सम्मेलन, अखिल नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघ , उत्पीडित राष्ट्र मुक्ति मोर्चा र नेकपा सम्बद्ध जातीय मोर्चाका नेताहरुले हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा जनघाती एमसीसीका विरुद्ध नबोली बसे लज्जाको विषय हुने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार