Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाकाे विवरण


नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार