Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : डा. महत


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताएका हुन् ।

महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अव कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए । मुलुकको बिकासका लािग एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाई छ ।

उनले जनतामाफ सहित सुचना र एजेण्डा स्थापीत गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार