Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

थपिए २७ कोरोना संक्रमित


नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा २२ जना र ३ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय २० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ७ सय ८१ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार