कलाकार रानु निरौला सहित विभिन्न क्षेत्रका व्यक्तिहरु नेपाल नागरिक अभियानमा प्रवेश गरेका छन् । पूर्व एआइजी डा.ठाकुरमोहन श्रेष्ठ नेतृत्वको नेपाल नागरिक अभियानमा कलाकार निरौला सहितका व्यक्तिहरु प्रवेश गरेका हुन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएको नेपाल नागरिक अभियानमा पछिल्ला दिनहरुमा प्रवेश गर्नेहरुको लहर चलेको छ । झापाकी अम्बिका खरेल, बसुन्धरा रिजाल, भोजपुरकी शान्ति राई श्रेष्ठ, गोरखाका सोम बहादुर गुरुङ, भाजुराम गुरुङ लगायतका व्यक्तित्वहरु नेपाल नागरिक अभियानमा प्रवेश गरेको अभियानका राष्ट्रिय संयोजक डा.ठाकुरमोहन श्रेष्ठले जानकारी दिए ।
हालै सम्पन्न कार्यक्रममा केन्द्रीय अभियन्ता तथा यु.के. परवास संयोजक डा. अविशेक त्रिपाठीले आमा अम्विका खरेल मार्फत आजीवन सदस्यता समेत लिएको बताइएको छ । नेपाल नागरिक अभियानले केन्द्रीय अभियन्ता विश्वदेव शाहलाई मध्य पश्चिम क्षेत्रको संयोजक समेत तोकेको राष्ट्रिय अध्यक्ष डा. ठाकुमोहन श्रेष्ठले जानकारी दिए ।
नव प्रवेशीहरुलाई नेपाल नागरिक अभियानको केन्द्रीय कार्यालयमा राष्ट्रिय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठ, वरिष्ठ अध्यक्ष डा. हरिहर प्रदीप घिमिरे, उपाध्यक्ष हेमरत्न शाक्य, सचिव प्रकाश लाल जोशी, सह सचिव प्रेमलाल न्यौपाने, रष्ट्रिय कार्य समिति सदस्य निरा रञ्जीत, केन्द्रीय अभियन्ता युवा शक्ति विभाग सदस्य सौरव कठायत तथा लोकेन्द्र कालीकोटे नेपालीले स्वागत गरेका थिए ।









