Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्छ : गगन थापा


Gagan Thapa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सवैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए । नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उनको भनाई छ ।

उनले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वबिद्यालयको बिषयमा कसैको ध्यान जान नसेकेको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार