Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

भारत हुँदै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै


चिनियाँ विदेशमन्त्री वाङ यी भारतको नयाँ दिल्ली हुँदै आज नेपाल आउँदैछन् । ३ दिने भ्रमणमा आउन लागेका वाङ यी चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीमाथिको वरियताका व्यक्ति हुन् ।

परराष्ट्रमन्त्री डा.नारायण खडकाको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका वाङको भ्रमणलाई कुटनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछिको अवस्थामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

वाङ शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आउन लागेका पहिलो उच्चस्तरीय विदेशी पाहुना हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार