Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेस पार्टी कार्यालयको अगाडी नेविसंघको विरोध


नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार केन्द्रीय समितिको बैठक बसिरहदा उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । नियुक्तिपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले अरु केही जान्दैनौ, एकाधिकार मान्दैनौ, न्यायोचित अवसरका लागि हाम्रो अभियान लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार