Logo
१७ बैशाख २०८३, शुक्रबार
|  Fri May 1 2026

नेपाल र चीन सरकारबीच ९ वटा समझदारी पत्रमा हस्ताक्षर


नेपाल र चीन सरकारबीच बिभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शनिबार सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थीतिमा दुईदेशका प्रतिनिधिबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणका बिषयमा समझदारी भएको छ ।

त्यस्तै नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाबिरुद्धको आवश्यक खोप प्रदान गर्ने लगाएतका बिषयमा पनि समझदारी भएको छ । त्यस्तै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परारष्ट्रमन्त्री खड्काबीच दुईपक्षिय सम्बन्धमा बिषयमा छलफल भएको थियो । विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार नेपाल आएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार