Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

सम्पन्न भयो कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुल


ललितपुर महानगरपालिका वडा नं २२ मा कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुलको सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी थिइन् । १३५ मिटर लम्वाई रहेको पुलको ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणसँगै कार्यविनायक र मछिन्द्रबहालमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि सहज हुने बताएको छ । कार्यक्रममा मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने पुल निर्माण भएसंगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । उनले कार्यविनायक र मछिन्द्र बहालको संरक्षणमा पनि ध्यान दिनुपर्ने धारणा राखिन् ।

मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै स्थानीयको पहलमा नै अभियान चलाउन सुझाव दिइन् । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार