Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

शिक्षा क्षेत्रमा राजनीति भएकाले विकास हुन नसकेको हो : प्रकाशमान सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा कन्या मन्दिर माध्यमिक बिद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको बिकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका हुन् ।

शिक्षा क्षेत्रको विकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता सिंहले संविधानमा उल्लेख आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको भन्दै यसमा सवैको ध्यान जानुपर्ने उल्लेख गरे ।

त्यस्तै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बिद्यालयका कर्मचारी, शिक्षक लगाएतलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार