Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

निर्वाचनमा दलहरुलाई आफ्नै चुनाव चिह्नका आधारमा प्रतिस्पर्धा गर्न दिने


nirbachan aayog

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सवै दललाई आफ्नै चुनाव चिह्नका आधारमा प्रतिस्पर्धा गर्न दिने व्यवस्था गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको जानकारी दिए ।

यसअघि आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाइ जिल्लामा रहेको संगठन संरचनाको बिबरण माग गरेको थियो । त्यसका आधारमा आयोगले जिल्लामा रहेका दलको संख्या पनि टुङ्गो लगाएको छ ।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा बढी ४६ राजनीतिक दल दर्ता भएका छन् । प्रवक्ता पौडेलले आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र ४० वटा साना राजनीति दल दर्ता भएको जानकारी दिए ।
त्यस्तै डोल्पामा सबैभन्दा कम ५ वटा साना दल दर्ता भएको उनले बताए । उनले दल र उम्मेदवार धेरे हुने भएकाले मतपत्रको आकार ठुलो हुने पनि जानकारी दिए । उनले निर्वाचनको सवै मतपत्र जनक शिक्षा सामाग्रीमा छापिने बताए ।

त्यस्तै आयोगले आइतबार नै मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको जनाएको छ । जसमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या धेरै छ । त्यस्तै राष्ट्रिय संस्थाहरुले मात्रै निर्वाचनमा पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार