Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

एमालेको जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तियो : विष्णु पौडेल


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलिय गठबन्धन आत्तिएको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले सोमबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले पाँच दलीय गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा दिदैँ बालुवाको लड्डु नबने जस्तै पाँच दलीय गठबन्धन पनि नबन्ने बताए । पूर्व अर्थमन्त्री समेत रहनुभएको पौडेलले पाँच दलीय गठबन्धनलाई चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउदै पाँच दलिय गठबन्धन सरकार निर्वाचन कुनै पनि हालतमा सार्ने मनिस्तिथिमा रहेको भएता पनि एमालले जनस्तरबाट नै सशक्त दबाब र खबरदारी गरेकोले निर्वाचन रोक्ने चाहना पुरा हुन नसकेको जिकिर गरे । उनले सबैको चाहना, आशा, भरोसा र नेपाली जनताले पत्याएको पार्टी नै एमाले रहेको बताउदै देशभर नै एमालेले जित्ने दाबी गरे ।

कार्यक्रममा जसपा र अन्य विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार