Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

एमसीसी पक्षधरको हिसाबकिताब चुनावी मैदानमा : अरुण घिसिङ


नेकपा माओवादी समाजवादीका प्रवक्ता अरुण घिसिङले राष्ट्रघाती एमसीसी पक्षधरसँगको हिसाबकिताब चुनावी मैदानमा हुने बताएका छन् ।

स्याङजामा आयोजित जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बौल्दै प्रवक्ता घिसिङले एमसीसी पक्षधरको हिसाबकिताब चुनावी मैदानमा हुने बताएका हुन् । एमसीसीको पक्षमा उभिएका कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका उम्मेदवारलाई ठाउँको ठाउँमा हिसाबकिताब गर्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रवक्ता घिसिङले एमसीसी जस्ता राष्ट्रघाती अमेरिकी परियोजनालाई पास गरेर राष्ट्रिय स्वाधीनतामाथि कुठाराघात गरेको र व्याख्यात्मक घोषणाको नाममा जनतालाई दिग्भ्रमित पार्दै राष्ट्र र जनता माथि धोका दिएको आरोप लगाए । देश र जनताको हितका खातिर एमसीसी पक्षधर पार्टीलाई स्थानीय निर्वाचनबाट धुलो चटाउन उनले जनतलाई आह्वान पनि गरे ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा तमुवान गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठी, इश्वर शास्त्री, बाबुराम मिजार लगायतले बोलेका थिए । भेलाले भोवन सिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय स्याङ्जा जिल्ला समिति चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार