Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

निर्वाचनमा सबै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न सक्दैन :ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको बिकासको काम गर्न सक्ने दावी गरेका छन् ।

सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए । आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाई छ । उनले हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सवै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने धारणा राखे ।

कार्यक्रममा एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार