Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

पोखरा र संखुवासभाको विमानस्थलमा उडान प्रभावित


मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ ।

बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार