Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याउनुभएको कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताएका हुन् । उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए । मनोनयन एक हप्ता गराए पनि एमालेलाई कुनै फरक नपर्ने उनको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई लोभिपापीहरूको गठबन्धनको संज्ञा दिदै गठबन्धन लामो समय टिक्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले बिकासका धेरै काम गरेको भन्दै वर्तमान सरकारले भने कुनै काम गर्न नसकेको उनले बताए ।

ओलीले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गरे । ‘एक हप्ता राखे पनि के हुन्छ र मनोनयन नै हुने होला’ ओलीले भने ।

उनले नेपालमा एमालेसँग प्रतिस्पर्धा गर्ने दल कुनै नरहेको भन्दै गठबन्धन गरे पनि आफूहरुले चुनाव जित्ने दावी गरे । ‘एमाले क्वीन्टलको ढक हो । पाँचवटा दल भनेका एक एक किलोको ढक जस्ता हुन् । एक्लै एमालेसँग लड्न आउन अबको नेपालमा कुनै पार्टीले नचिताए हुन्छ’ उनले भने ।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार