चितवनमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ । बुधबार चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठको मृत्यु भएको हो ।
उनीहरु चढेको बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाईकललाई बसले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको एसपी नवराज अधिकारी जानकारी दिए ।





